
गोरखा, साउन ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादउन्मुख समृद्धिका लागि आफूहरु एकताबद्ध भएको दाबी गरेका छन् ।
शनिबार गोरखामा आयोजित स्व. नेता श्रीनाथ अधिकारीको श्रद्धाञ्जलिसभामा बोल्दै उनले समाजवादसहितको समृद्धि नै आफूहरुको लक्ष्य भएको दाबी गरे ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य रहेका अधिकारीको फोक्सोको क्यान्सरका कारण ६४ वर्षको उमेरमा उपचारकाक्रममा गएको असार २२ निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्