लिम्पियाधुरा, लिपुलेक भारत भन्ने देश नै नहुँदादेखि नेपालको : बिजुक्छे • Image Khabar Image Khabar


लिम्पियाधुरा, लिपुलेक भारत भन्ने देश नै नहुँदादेखि नेपालको : बिजुक्छे


इमेजखबर
१३ कार्तिक २०७७, बिहीबार १७:४८

लिम्पियाधुरा, लिपुलेक भारत भन्ने देश नै नहुँदादेखि नेपालको : बिजुक्छे

भक्तपुर, कात्तिक १३ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कालापानी, लिम्पियाधुरा र लिपुलेक भारत भन्ने देश नै नहुँदादेखि नेपालको भएको दाबी गर्नुभएको छ ।

बिहीबार नेपाल भाषा साहित्य तः मुज्या सम्मेलनको अनलाइन छलफलमा उहाँले भारत भन्ने देश नभएकै बेला ती भूभागहरु नेपालको भएको बताउनुभएको हो ।

भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण निकट भविष्यमा हुनसक्ने भन्दै उहाँले अहिलेदेखि नै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भारतीय विस्तारवाद नीतिको विरोध गर्नुपर्ने बताउनुभयो ।

कोरोना महामारी नियन्त्रणमा सरकार गम्भीर नरहेको आरोप लगाउँदै उहाँले यस्तै पाराले नेपालले ठूलो क्षति व्यहोर्नुपर्नेसमेत औंल्याउनुभयो ।

अनलाइन सम्मेलनमा साहित्यकार, भाषाविद्लगायत विज्ञहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्