कोभिड–१९ नियन्त्रण नियम उल्लंघन आरोपमा नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना • Image Khabar Image Khabar


कोभिड–१९ नियन्त्रण नियम उल्लंघन आरोपमा नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना


रासस/सिन्ह्वा
१० कार्तिक २०७७, सोमबार २१:५९

कोभिड–१९ नियन्त्रण नियम उल्लंघन आरोपमा नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना

लन्डन, कात्तिक १० । बेलायती प्रहरीले दक्षिण लन्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लंघन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

प्रहरीले विवाहमा सहभागी करिब २०० पाहुनालाई नियम उल्लंघन गरी विवाहमा संलग्न भएको भन्दै घर फिर्ता गरिदिएको लन्डनबाट प्रकाशित ‘इभिनिङ स्ट्यान्डर्ड’ दैनिक पत्रिकाले आइतबार उल्लेख गरेको छ ।

विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी डलर जरिवानासम्म तिर्नेगरी धरौटीमा रिहा गरेको छ ।

प्रहरीले आफूहरूलाई स्थानीय बासिन्दाले विवाहमा कोभिड–१९ नियन्त्रणका लागि तय गरेको नियम उल्लंघन गरेको भनी सूचना गरेपछि छापा मारेको थियो ।

विवाहमा दुलही र एक अन्य व्यक्तिलाई कोरोनाभाइरस नियन्त्रण कानुनअनुसार जरिवाना हुनसक्ने बताइएको छ ।

पत्रिकाले जासुस प्रहरी सुपरिन्टेन्डेन्ट निक्की आरोस्मिथलाई उद्धृत गरी भनेको छ-‘यो घटना कोभिड–१९ कानुनको जानाजानी उल्लंघन भएको र यसका कारण संक्रमणको फैलिने सम्भावना थप हुने भएकोले उनलाई जरिवाना गर्न सिफारिस गरिएको छ ।’

विवाहमा २०० भन्दा बढी मानिस सहभागी भएका कारण यसले सामाजिक दूरी कायम नगरेको देखिएकोले जरिवानाका लागि सिफारिस गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्