
काठमाडौं, साउन २ । सेन्चुरी कमर्सियल बैंकको ‘ब्रान्ड एम्बेसडर’मा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमकी सदस्य प्रतिभा माली नियुक्त भएका छन् ।
बैंकले बुधबार एक कार्यक्रम गरी खड्का र मालीलाई सद्भावनादूतकारुपमा नियुक्त गरेको घोषणा गरेको हो ।
खेल क्षेत्रसँग सम्बन्ध जोड्दै बैंकले आफ्नो सेवाको विकास र विस्तारमा हातेमालो गर्नेक्रममा खेलाडीद्वयलाई सद्भावनादूत नियुक्त गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्