१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024


नेप्से पुनः १२ सय तल


0
Shares

काठमाडौं, साउन २ । बुधबार पनि सेयरबजारमा गिरावट जारी रह्यो । नेप्से पुनः १२ सय तल आइपुग्यो । कारोबार पनि न्यून रह्यो ।

बजार परिसूचक नेप्से साढे ५ अंकले ओरालो लागेर ११ सय ९८ मा आएर थामिएको हो ।

कारोबार भएका सबैजसो समूह रातो रहे । वित्त समूह नगन्य अंकले हरियो रहेबाहेक अरु समूह रातो रहेका हुन् ।

जीवनबिमा समूह सबैभन्दा उच्च ६७ अंकले ओरालो लाग्यो । निर्जीवन बिमा पनि ६१ अंकले ओरालो लाग्यो । लघुवित्त र जलविद्युत् समूह पनि दोहोरो अंकले झरे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १३९ कम्पनीका ४ लाख ७७ हजार कित्ता सेयर १७ करोड ५४ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।