Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारवाहीको प्रकृया अघि बढाउने चेतावनी


0
Shares

काठमाडौं, साउन १ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारवाहीको प्रकृया अघि बढाउने चेतावनी दिएका छन् ।

सिंहदरवारमा मन्त्रालयको वार्षिक प्रगति र कार्ययोजना सार्वजनीकिरण कार्यक्रममा बोल्दै उनले अब काम गर्ने समय आएकोले तोकिएको जिम्मेवारी समयमै पुरा गर्न कर्मचारीलाई निर्देशन दिए । उनले कसैको लहैलहै वा भ्रममा नपरी आफ्नो कर्तव्य समयमै पूरा गर्नु पर्ने बताए ।

मन्त्री बाँस्कोटाले स्थायी सरकारको रुपमा रहेको कर्मचारी प्रशासनले विकासका काम नगरे कसले गर्छ भन्दै कुनै पनि बहानामा कामबाट पन्छिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले अघिल्लो वर्षलाई मन्त्रालयले नीति तथा कार्यक्रमको आधार वर्षको रुपमा लिएको भन्दै नयाँ आर्थिक वर्षमा निर्धारण गरिएका योजना पूरा गर्ने लक्ष्य लिएको बताए ।

कार्यक्रममा मन्त्रालय र विभिन्न १४ वटा विभागीय प्रमुखहरुबीच चालु आर्थिक वर्षको कार्ययोजनामा हस्ताक्षर भएको छ ।