नेपालमा थप २,२२५ जनामा संक्रमण, २,८४६ कोरोनामुक्त, १३ जनाको मृत्यु • Image Khabar Image Khabar


नेपालमा थप २,२२५ जनामा संक्रमण, २,८४६ कोरोनामुक्त, १३ जनाको मृत्यु


इमेजखबर
८ कार्तिक २०७७, शनिबार १७:०६

नेपालमा थप २,२२५ जनामा संक्रमण, २,८४६ कोरोनामुक्त, १३ जनाको मृत्यु

काठमाडौं, कात्तिक ८ । नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमित शनिबार ६२१ जना घटेका छन् ।

पछिल्लो २४ घन्टामा दुर्ई हजार २२५ जना नयाँ संक्रमित थपिएका छन् भने दुई हजार ८४६ जना कोरोनामुक्त भएका छन् । योसँगै लामो समयपछि सक्रिय संक्रमित घटेका हुन् ।

योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ५५ हजार २३३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म एक लाख आठ हजार ३३४ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ६९.७९ प्रतिशत हो ।

पछिल्लो २४ घन्टामा देशभर कोरोनाका कारण १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ८४२ पुगेको छ । यो कुल संक्रमितको ०.५४ प्रतिशत हो ।

पछिल्लो २४ घन्टामा १३ हजार ८४६ ओटा स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्