६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


नेवि संघद्वारा बाढीपहिरो तथा डुबान पीडितलाई राहत संकलन


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले बाढीपहिरो तथा डुबान पीडितका लागि सहयोग रकम संकलन  गरेको छ ।

बुधबार काठमाडौंका नेपालटार, बाइपास ,माछापोखरी लगायतका ठाउँमा सहयोग संकलन गरिएको हो ।

नगद र जिन्सी सहयोग गरिएको नेविसंघका निबर्तमान केन्द्रिय सदस्य शुशिल भट्टले बताएका छन् ।

सोमबार ४९५७१ हजार नगद  र जिन्सी लत्ताकपडा राहत सहयोग संकलन भएको भट्टले बताए ।

संकलन भएको राहत पीडितसमक्ष वितरण गर्ने नेविसंघकानिरन्जन थापाले जानकारी दिए ।

राहत अभियानमा विद्यार्थी नेताहरू शुशिल भट्ट ,निरन्जन थापा, पबन थापा, सन्तोष गुरुङ ,लक्ष्मी सिलबवल, स्वेच्छा उप्रेती ईश्वर अधिकारी, सुबास घिमिरे लगायतको उपस्थिति थियो ।

यता नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले विज्ञप्ति जारी गरेर देशभरका नेविसंघलाई बाढीपहिरो र डुबान पीडितको उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेका छन् । नेबि सघले देशभर राहत सकल अभियान सन्चालन गरेको छ ।