नवलपुरका पसलहरुमा मनपरी मूल्य, उपभोक्ता दिनहुँ ठगिंदै • Image Khabar Image Khabar


नवलपुरका पसलहरुमा मनपरी मूल्य, उपभोक्ता दिनहुँ ठगिंदै


विवेक भण्डारी/ईमेज
८ कार्तिक २०७७, शनिबार ११:४४

नवलपुरका पसलहरुमा मनपरी मूल्य, उपभोक्ता दिनहुँ ठगिंदै

नवलपुर । चाडपर्व नजिकिँदै गर्दा नवलपुरका अधिकाशं पसलहरुमा मूल्यमा एकरुपता नहुँदा उपभोक्ता मारमा परेका छन ।

व्यवसायीले मनोमानी रुपमा मुल्य बृद्धि गर्दा उपभोक्ता मारमा परेका हुन ।

जिल्लाका बजारमा मुल्यबृद्धिसंगै अखाद्य वस्तु बिगबिग बढेको जनगुनासो बढेपछि केहिदिन अघि घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यलयसंगै उद्योग बाणिज्य संघ नवलपुरले अनुगमन समेत गरेको छ ।

अनुगमनका क्रममा जनगुनासो अनुसारको वस्तु बजारमा फेला परेको अनुगमन समितिले समेत बताएको छ ।

लामो समयसम्म भएको लकडाउनका कारण बन्द रहेका अधिकास व्यवसायिकहरुले नाफा आर्जन गर्न मुल्य बृद्धि बढाएको अनुगमन समितिले बताएको छ ।

यस्तै बजारमा प्याज र नुनको मुल्यमा एक रुपता नभएको भेटिएको छ ।

यता चार्डपर्वको समयमा बजारमा हुने कालोबजारी र मुल्य बृद्धि रोक्न उपभोक्ता हितसंरक्षण मञ्चले आफ्नो तर्फबाट अनुगमनलाई प्रभावकारी बनाएको उपभोक्ता हितसंरक्षण मञ्चका अध्यक्ष डोरमान गिरीले बताउनुभएको छ ।

बजार मुल्य र खाद्यान्नमा मिसावटले हैरान परेका उपभोक्ताहरु नियमित र प्रभावकारी बजार अनुगमन नहँुदा आफुहरु दैनिक ठगिनु परेको गुनासो गरेका छन ।

सरकारले निश्चि मुल्य तोके पनि व्यापारीहरु भने आफु खुशी मुल्य असुल्ने गरेको उपभोक्ताहरु बताउँछन ।

चाडबाडको बेला मात्र नभएर अरु समयमा पनि बजार अनुगमन हुनेहो भने कालोबजारीमा कमी आउने थियो ।

प्रतिक्रिया दिनुहोस्