
डडेल्धुरा । असुरक्षाको कारण देखाउँदै जिल्ला छाडेर प्रदेश राजधानी पुगेका डडेल्धुरा अस्पतालका चिकित्सकहरु काममा फर्किएका छन् ।
गत बुधबार पोष्टमार्टम गर्दा बाहिरबाट ढुंगामुढा गरि आतंकित बनाएको र गालीगलौज गरेको भन्दै काम छाडेर हिँडेका चिकित्सकलाई मुख्यमन्त्री त्रिलोचन भट्ट र समाजिक विकासमन्त्री कृष्ण सुवेदीले दोषीलाई कारवाही गर्ने आश्वासन दिएपछि उनीहरुको काममा फर्किएका हुन् ।
चिकित्सकलाई जथाभावी गालीगलौज गर्ने, ढुंगा आक्रमण गर्ने र धम्की दिने दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कारवाहीका लागि किटानी जाहेरी दर्ता गरेपछि चिकित्सकहरु काममा फर्केको अस्पताल स्रोतले जानकारी दिएको छ ।
एक हप्तादेखि सेवा ठप्प हुँदा डडेल्धुरा अस्पतालमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट आउने बिरामीहरु जोखिम मोल्दै र अतिरिक्त खर्च बेहोर्दै तराई र भारतका अस्पतालमा जानुपर्ने बाध्यता छ । चिकित्सकहरु काममा फर्किएपछि बिरामीलाई सहज भएको छ ।
प्रतिक्रिया दिनुहोस्