अस्पताल भर्ना भएको १५ मिनेटमै कोरोना संक्रमित पुरुषको मृत्यु • Image Khabar Image Khabar


अस्पताल भर्ना भएको १५ मिनेटमै कोरोना संक्रमित पुरुषको मृत्यु


Imagekhabar
७ कार्तिक २०७७, शुक्रबार ०९:०७

अस्पताल भर्ना भएको १५ मिनेटमै कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको गत असोज २६ गते संक्रमण पुष्टि भएका उनी होम आइसोलेशनमा बस्दै आएका थिए ।

स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि उनलाई हिजो राति भरतपुर अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।

भर्ना गरिएको १५ मिनेटमै ती पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्