Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


वार्ताको औपचारिक पत्र पर्खाइमा विप्लव


0
Shares

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताका लागि सरकारको औपचारिक पत्रको पर्खाइमा रहेको बताएको छ । 

तर सरकारले भने सो समूहलाई औपचारिक पत्र पठाउनुको साटो अनौपचारिक छलफल मात्रै गरेको छ । 

दुई पक्षबीच अनौपचारिक रुपमा छलफल भए पनि आधिकारीक रुपमा पत्राचार नगरेपछि विप्लव समूहले वार्ताको भ्रम छर्ने काम सरकारबाटै भएको आरोप लगाएको छ । 

‘हामी राजनीतिक रुपमा निकास दिनका लागि वार्तामा बस्दै नबस्ने भन्ने पक्षमा छैनौं’, विप्लव समूहका एक नेताले भने, ‘तर सरकारले आधिकारिक रुपमा वार्ताका लागि पत्र नै पठाएको छैनौं ।’ राजधानी दैनिकबाट