पूर्व सञ्चारमन्त्री बाँस्कोटालाई कोरोना संक्रमण • Image Khabar Image Khabar


पूर्व सञ्चारमन्त्री बाँस्कोटालाई कोरोना संक्रमण


रासस
६ कार्तिक २०७७, बिहीबार १९:१५

पूर्व सञ्चारमन्त्री बाँस्कोटालाई कोरोना संक्रमण

काठमाडौं, कात्तिक ६ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएको छ ।

पिसिआर परीक्षणका क्रममा बिहीबार धर्मपत्नी तारा मानन्धरसँगै आफूलाई सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बाँस्कोटाले आफूले दश दिनयता कसैलाई नभेटेको र आफूलाई लक्षण नदेखिएको पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्