Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


गण्डकीमा पनि कोरोना संक्रमितको उपचार निशुल्क, मुख्यमन्त्री र मन्त्रीहरुको दशैँभत्ता कोरोना कोषमा


0
Shares

गण्डकी प्रदेशले पनि कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो बैठकले यसअघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको हो ।

प्रदेश सरकार प्रदेशवासीलाई निशुल्क उपचार नहुने भन्दै सामाजिक सञ्जालमा आएका कुुरामा विश्वास नगर्न भन्दै यसअघिको निशुल्क उपचारलाई नै निरन्तरता दिने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको दशैँभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय समेत गरेको छ ।

Skip This