 
	    काठमाडौं । नेपालमा थप तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा रुपन्देही र अर्घाखाँची र तनहुंका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति मृत्यु भएको हो ।
कात्तिक १ गतेसंक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका रुपन्देहीका पुरुषको गएराति मृत्यु भएको हो ।
यस्तै असोज २२ गते कोरोना पुष्टि भएका अर्घाखाँचीका पुरुषको हिजो राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिनुभयो ।
योसँगै रुपन्देहीमा कोरोनाका कारण ५३ जना र अर्घाखाँचीमा ५ जनाको मृत्यु भएको छ । उता, चितवनमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ ।
तनहुँको शुक्लगण्डकी नगरपालिका घर भई हेटौडा–५ बस्ने ३३ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
असोज ३० गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन । स्वास्थ्यस्थिति जटिल भएपछि उनलाई हिजो भेन्टिलेटरमा राखिएको थियो ।
 


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्