भारतीय सेनाप्रमुख भ्रमणको पूर्वसन्ध्यामा ‘रअ’ प्रमुख आए काठमाडौं, क–कसलाई गर्नेछन् मन्त्रणा ! • Image Khabar Image Khabar


भारतीय सेनाप्रमुख भ्रमणको पूर्वसन्ध्यामा ‘रअ’ प्रमुख आए काठमाडौं, क–कसलाई गर्नेछन् मन्त्रणा !


Imagekhabar
५ कार्तिक २०७७, बुधबार १८:०४

RAW chief in kathmandu

काठमाडौं, कात्तिक ५ । भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आउनुभएको छ ।

बुधबार दिउसो विशेष विमान लिएर काठमाडौं ओर्लनुभएका उहाँले केही घण्टा यहाँ रहँदा राजनीतिक भेटघाटसमेत गर्ने जनाइएको छ । यद्यपि, कुन कुन नेताले उहाँसँग भेट गर्ने भन्ने खुलाइएको छैन ।

भारतीय सेनाध्यक्ष एमएम नरावणे नेपाल भ्रमणमा आउनुअघि जासूसी संस्थाका प्रमुख गोयलको नेपाल भ्रमण हुनुलाई निकै महत्वका साथ हेरिएको छ ।

कालापानी क्षेत्रमा भारतले गरेको सीमा अतिक्रमण र नेपालले सार्वजनिक गरेको नक्शा प्रकरणपछि दुई देशबीच सम्बन्ध हार्दिक नभएकै समयमा गोयलको आगमन भएको छ ।

नोभेम्बरको पहिलो सातामा भारतीय सेनाध्यक्ष नरावणे नेपाल आउँदै हुनुहुन्छ ।

गोयलको भ्रमण कार्यक्रमबारे परराष्ट्र मन्त्रालयलाई पनि जानकारी दिइएको छैन । तर उहाँको भ्रमण टोलीमा सात जना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्