सबै अस्पताललाई ५० प्रतिशत शैया छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन • Image Khabar Image Khabar


सबै अस्पताललाई ५० प्रतिशत शैया छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन


Imagekhabar
२ कार्तिक २०७७, आईतवार १८:४३

सबै अस्पताललाई ५० प्रतिशत शैया छुट्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, कात्तिक २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी , सामुदायिक , सरकारी, मेडिकल कलेज लगाएत सबै प्रकारका अस्पताललाई कुल शैयाको ५० प्रतिशत कोरोनाका विरामीलाई छुट्टाउन निर्देशन दिएको छ ।

यसअघि ३३ देखी २० प्रतिशत शैया छुटउनु पर्ने निर्णयलाई परिवर्तन गरी अब सबै प्रकारका अस्पतालले ५० प्रतिशत शैया छुट्टाउनु पर्ने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पतालहरुले आइसियू लगाएत सबै किसिमका शैया कोरोनाका विरामीका लागि छुट्टाउनु पर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै मन्त्रालयले कोरोनाका विरामीका लागि उपचारमा प्रयोग हुने औषधी कोरोना विरामीको उपचार गराउन सूचिकृत भएका अस्पतालका फार्मेसीवाट मात्र विक्री वितरण हुने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्