बजारमा चहलपहल देखिएपनि व्यापार भने शुन्य • Image Khabar Image Khabar


बजारमा चहलपहल देखिएपनि व्यापार भने शुन्य


Imagekhabar
३० आश्विन २०७७, शुक्रबार १८:५५

बजारमा चहलपहल देखिएपनि व्यापार भने शुन्य

काठमाडौं, असोज ३० । दशैँ नजिकिएसँगै बजारमा चहलपहल बढेको देखिए पनि विगतका बर्षहरुको जस्तो व्यापार नभएको व्यवसायीहरुले बताएका छन् ।

बजारमा मानिसहरुको आवागमन बढेको भए पनि व्यापार भने शुन्य छ ।

काठमाडौंको न्यूरोड मखनटोलस्थित सुरज आर्केड व्यापार संघका महासचिव सुरेश श्रेष्ठ व्यापार नै नहुँदा कतिपय व्यापारीहरु पलायन हुने स्थितिमा पुगेको बताउनुहुन्छ ।

कोभिड १९ रोकथामका लागि लामो समय लकडाउन हुँदा समेत सरकारबाट कुनै राहत नपाएको गुनासो श्रेष्ठको छ ।

कोभिड संक्रमणको जोखिमका कारण भिडभाड हुने बजार क्षेत्रमा नजान सरकारले आग्रह गरिरहेको छ ।

यस्तो समयमा अत्यावस्यक बाहेकका सामग्री खरिद गर्न मानिसहरु बजार गएको पनि देखिदैन ।

त्यसैले पनि चाडवाडमा समेत लत्ताकपडा, जुत्ता, मोबाइल, गरगहना लगायतको व्यापार कम भएको व्यापारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्