
काठमाडौं, असार २८ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमन्डलका संयोजक अनिलकुमार झाले बाढी–पहिरो प्रभावितहरुको उद्धार र राहतको काम तत्काल तीव्ररुपमा अगाडि बढाउन माग गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले बाढी–पहिरोमा परी ज्यान गुमाउनेको परिवारलाई राहत र उचित क्षतिपूर्ति केन्द्र र स्थानीय सरकारले दिनुपर्ने बताए ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रत्येक वर्ष नेपालीले बाढी–पहिरोको समस्या भोग्दै आएपनि राज्यले दीर्घकालीन योजनाहरु ल्याउन नसकेको बताए ।
कार्यक्रममा नेकपा सांसद महेश बस्नेतले बाढी–पहिरो प्रभावितहरुको उद्धार र राहतका लागि राज्यका संयन्त्रहरु क्रियाशील रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्