परिणाम देखिने गरी काम गर्ने सहरी विकासमन्त्रीको प्रतिवद्धता • Image Khabar Image Khabar


परिणाम देखिने गरी काम गर्ने सहरी विकासमन्त्रीको प्रतिवद्धता


Imagekhabar
२९ आश्विन २०७७, बिहीबार १६:१२

परिणाम देखिने गरी काम गर्ने सहरी विकासमन्त्रीको प्रतिवद्धता

काठमाडौं, असोज २९ । नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले ठोस परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले प्रतिकुलताभित्र अनुकुलता सिर्जना गरिने कामको परिणाममा आफुले विश्वास गर्ने उहाँले बताउनुभयो ।

मन्त्री श्रेष्ठले मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहनुभएका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्