
मोगादिसु, असार २८ । सोमालियाको एक होटलमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
दक्षिणी क्षेत्रमा रहेको एसासी होटलमा आत्मघाती आक्रमण हुँदा क्यानडियन–सोमाली टेलिभिजन पत्रकार होडन नालइहसहितको मृत्यु भएको हो । घटनामा नालइहका श्रीमानको पनि मृत्यु भएको छ ।
आत्मघाती आक्रमणकारीले बिस्फोटक पदार्थसहितको कार किस्मायोमा रहेको एसासी होटलमा बिस्फोट गराएको प्रत्यक्षदर्शीले बताएका छन् । विस्फोटपछि केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणको जिम्मेवारी इस्लामिक समूह अल–शवावले लिएको छ ।
आक्रमण भएका बेला होटलमा क्षेत्रीय राजनीतिज्ञ र नेताहरु थिए । उनीहरुले आउँदो क्षेत्रीय चुनावका बारेमा छलफल गरिरहेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्