सांसद सानु शिवाको निधन • Image Khabar Image Khabar


सांसद सानु शिवाको निधन


Imagekhabar
२८ आश्विन २०७७, बुधबार १२:०८

सांसद सानु शिवाको निधन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद सानु शिवाको निधन भएको छ ।

पार्टी एकता अघि तत्कालिन एमालेको तर्फबाट समानुपातिकतर्फ निर्वाचित हुनुभएकी शिवाको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा आज बिहान निधन भएको हो ।

तीन–चार दिनअघि एक्कासी मुटुमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएकी शिवाको उपचारकै क्रममा निधन भएको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्