
ताप्लेजुङ, असार २७ । ताप्लेजुङ प्रहरीले चार महिनाको अवधिमा २६३ थान हातहतियार बरामद तथा संकलन गरी शुक्रबार सार्वजनिक गरेको छ ।
गृह मन्त्रालयको हतियार संकलन गर्ने अभियानअन्तर्गत् जिल्ला प्रहरी कार्यालय, मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा हतियार संकलन गरी प्रहरीले पत्रकार सम्मलेनमार्फत् सार्वजनिक गरेको हो ।
संकलित हतियारमध्ये २०५ थान अवैध र ५८ थान इजाजतप्राप्त हतियार रहेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक संजयसिंह थापाले बताए ।
ठूलो संख्यामा हतियार संकलनपश्चात् भने हत्या–हिंसाका घटनामा कमी आउने साथै वन्यजन्तुको चोरी–सिकारीका घटनासमेत न्यूनीकरण हुने प्रहरीको भनाइ छ ।
हतियार संकलन अभियानपछि पनि खोजतलास र बरामद गर्ने कार्य भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस्