काठमाडौं, असार २७ । नेपाली कांग्रेसभित्र नियमावलीको मस्यौदामा विवाद देखिएको छ ।
शुक्रबार प्रस्तावित नियमावलीमाथिको छलफलमा भाग लिँदै केन्द्रीय सदस्यहरुले अनुशासन र आचारसंहिताको नाममा पार्टी नेतृत्वलाई निरंकुश बनाउन खोजिएको भन्दै त्यस्तो व्यवस्था हटाउन माग गरेका छन् ।
पार्टीको मूल नीतिविपरीत गएर सार्वजनिक अभिव्यक्ति र लेख लेख्न नपाउने नियमावलीमा प्रस्ताव गरिएको छ ।
केन्द्रीय समिति बैठकमा शुक्रबारदेखि सुरु भएको छलफलमा भाग लिँदै केन्द्रीय सदस्यहरुले भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाहरुलाई छुट्टा–छुट्टैरुपमा महाधिवेशन प्रतिनिधि तोक्न नहुने, सबै सदस्यहरुसँग ‘लेबी’ उठाउनुपर्ने भन्दै नियमावलीको मस्यौदामा व्यापक संशोधन गर्नुपर्ने बताए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रजातान्त्रिक पार्टी नियन्त्रणमुखी हुन नसक्ने भन्दै पार्टीमा हुने गलत प्रवृत्तिकोविरुद्धमा बोल्न प्रतिबन्ध लगाउन नहुने बताएका जनाइएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक अझै केही दिन चल्ने छ ।









प्रतिक्रिया दिनुहोस्