निर्माणाधीन कोसी करिडोर २२० केभी प्रसारणलाइनको टावर भत्कियो • Image Khabar Image Khabar


निर्माणाधीन कोसी करिडोर २२० केभी प्रसारणलाइनको टावर भत्कियो


इमेजखबर
२६ आश्विन २०७७, सोमबार १५:२९

निर्माणाधीन कोसी करिडोर २२० केभी प्रसारणलाइनको टावर भत्कियो

धनकुटा, असोज २६ । वर्षापछि आएको सुक्खा पहिरोका कारण निर्माणाधीन कोसी करिडोर २२० केभी प्रसारणलाइनको टावर भत्किएको छ ।

धनकुटा नगरपालिका–९ स्थित रोइलागाउँमा रहेको टावर भत्किँदा करिब एक करोड बराबरको क्षति भएको निर्माण कम्पनीले जनाएको छ ।

धेरै तलदेखि जमिन चिरिएर टावर आसपासको जमिनसमेत भासिएको छ भने त्यस वरपरको बस्ती पनि जोखिममा परेको छ ।

प्रतिक्रिया दिनुहोस्