काठमाडौं, असार २६ । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेशका लागि इंग्ल्यान्डले २२४ रनको सामान्य चुनौती पाएको छ ।
बर्मिङ्घममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा ‘अलआउट’ हुँदै २२३ रन बनायो ।
१४ रन जोड्दा ३ विकेट गुमाएको अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले ८५ रन जोडे । चौथो विकेटका लागि स्मिथसँग मिलेर १०३ रनको साझेदारी गर्नेक्रममा एलेक्स क्यारीले ४६ रन बनाए ।
इंग्ल्यान्डका अदिल रसिद र क्रिस वोक्सले समान ३/३ विकेट लिँदा जोफ्रा आर्चरले २ विकेट झारे ।
लिग चरणको खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ६४ रनले पराजित गरेको थियो ।
लिगमा अष्ट्रेलिया दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा रहेर सेमिफाइनलमा भिडिरहेका हुन् ।
साविक विजेता अष्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेको छ भने तीनपटक फाइनलमा पुगेको इंग्ल्यान्ड पहिलो उपाधिको खोजीमा छ ।
यो खेलको विजेताले उपाधिका लागि आइतबार न्यूजिल्यान्डसित खेल्नेछ । पहिलो सेमिफाइनलमा बुधबार भारतलाई १८ रनले हराउँदै न्यूजिल्यान्डले लगातार दोस्रोपटक फाइनलमा स्थान पक्का गरेको हो ।










प्रतिक्रिया दिनुहोस्