गोरुले हानेर एक जनाको मृत्यु, एक गम्भिर घाइते • Image Khabar Image Khabar


गोरुले हानेर एक जनाको मृत्यु, एक गम्भिर घाइते


Imagekhabar
२५ आश्विन २०७७, आईतवार १८:०९

गोरुले हानेर एक जनाको मृत्यु, एक गम्भिर घाइते

सल्यान, असोज २५ । गोरुले हानेर एक जनाको मृत्यु भएको छ ।

सो आक्रमणमा एक जना घाइते भएका छन् ।

शारदा नगरपालिका –११ हिवल्चाका ५१ वर्षीय टिकाबहादुर रावतको मृत्यु भएको हो ।

बारी जोत्ने क्रममा शुक्रबार रावतलाई गोरुले हानेर गम्भिर घाइते बनाएकामा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रावतको पेटमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिनुभयो ।

गोरुको आक्रमणबाट घाइते भएकी ५० वर्षीय गाजली रावतको सल्यान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्