
काठमाडौं । पोल्याण्डकी इगा स्विटेकले महिलातर्फको फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी छिन् ।
पेरिसमा गएराति भएको फाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनलाई हराएर स्विटेकले उपाधि जितेकी हुन् ।
पहिलो पटक फ्रेन्च ओपन जित्ने क्रममा स्विटेकले चौंथो वरियताकी केनिनलाई ६–४ र ६–१ को सेटमा जित निकालिन ।
१९ वर्षीय स्विटेकको यो खेल जीवनकै पहिलो ग्राण्डस्लाम उपाधि हो । पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेकी उनले पहिलो फाइनल यात्रामै उपाधि जितेकी हुन् ।
५४ औं वरीयताकी स्विटेक सन् १९७५ पछि महिलातर्फ फाइनल पुग्ने तल्लो वरीयताकी पहिलो खेलाडी समेत हुन् ।
पुरुषतर्फको उपाधिका लागि १३ पटकको च्याम्पियन राफेल नाडाल र नोभाक जोकोभिच भिड्ने छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्