
काठमाडौं, असार २५ । अमेरिकाका लागि बेलायतका राजदूत सर किम डारकले पदबाट राजीनामा दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आलोचना गरेको इमेल चुहिएपछि उनी विवादमा तानिएका थिए ।
बेलायतको विदेश मन्त्रालयले सर किमले राजीनामा दिने निर्णय गरेको पुष्टि गर्दै उनको व्यावसायिकताको प्रशंसा गरेको छ ।
उनले ‘ट्रम्प प्रशासन अक्षम र अप्ठ्यारो’ भएको भन्दै लेखेको इमेल सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्पले उनलाई ‘मूर्ख व्यक्ति’को संज्ञा दिँदै उनीसित कुनै व्यवहार नगर्ने बताएका थिए ।
सर किमले आफूले सबैखाले अड्कलबाजी रोक्न चाहेको बताएका छन् ।
इमेल सार्वजनिक भएपछि अमेरिकाका लागि राजदूतकारूपमा आफ्नो काम गर्न असम्भव भएको उनको भनाइ छ ।
सर किम डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नु एक वर्षअघि सन् २०१६ मा अमेरिकाका लागि राजदूत बनेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्