१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


बुटवलमा कोरोनाबाट ८० वर्षीय वृद्धको मृत्यु


0
Shares

रुपन्देही, असोज २२ । बुटवलस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत एकजनाको कोरोना भाइरस सङ्क्रमणबाट बिहीबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिकाका ८० वर्षीय वृद्ध रहेका अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिनुभयो ।

ती वृद्धमा मधुमेह, दम, ज्वरो र उच्च रक्तचापको समस्या रहेको जनाइएको छ ।

उनीको बुधबार कोरोना पुष्टि भएको थियो । रासस