प्रदेश १ मा ३४३ जना कोरोना सङ्क्रमित थपिए • Image Khabar Image Khabar


प्रदेश १ मा ३४३ जना कोरोना सङ्क्रमित थपिए


Imagekhabar
२१ आश्विन २०७७, बुधबार १९:२१

प्रदेश १ मा ३४३ जना कोरोना सङ्क्रमित थपिए

विराटनगर, असोज २१ । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश १ मा ३४३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा १६२ मध्ये विराटनगर १३७, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएका सङ्क्रमितमा महिला १३६ र पुरुष २०७ छन् भने विराटनगरमा महिला ५७ र पुरुष ८० छन् ।

अहिलेसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ४४७ पुगेको छ भने बुधबार १० जनासहित चार हजार १३२ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टाका अवधिमा एक हजार ३१० जनासहित अहिलेसम्ममा प्रदेशमा एक लाख ३० हजार ६७१ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्