
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले स्वच्छ व्यवसायका लागि लेखा परिक्षण व्यवसायीहरुको पनि भूमिका हुने भन्दै यस तर्फ जिम्मेदार हुन लेखा परिक्षकहरुलाई निर्देशन दिएका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था –आइक्यान)को मंगलबार राजधानीमा सम्पन्न नवनिर्वाचित परिषद्का सदस्यहरुको शपथ ग्रहण तथा उत्कृष्ट वित्तीय प्रतिवेदन सम्मान वितरण कार्यक्रकका क्रममा स्वच्छ अकाउन्टिङका लागि निर्देशन दिएका हुन् ।
आइक्यानको आठौं परिषद्ले पहिलो कार्यकालका लागि सिए जगन्ननाथ उपाध्याय निरौलालाई अध्यक्षमा चयन गरेको छ ।
उत्कृष्ट वित्तीय विवरण तयार गरेर यो बर्ष विपिए अवार्ड २०१७ बाट सिटिजन्स बैंक इन्टरनेशनल, बोटलर्स नेपाल, बुटवल पावर कम्पनी, ओरियन्टल होटल्स र कर्जा सूचना केन्द्र सम्मानित भएका छन ।
प्रतिक्रिया दिनुहोस्