Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


जुटेन सहमति, प्रतिनिधिसभाको बैठक अब बुधबार


0
Shares

काठमाडौं, असार २४ । प्रतिनिधिसभाको बैठक नियमित सन्चालन गर्ने विषयमा सहमति नजुटेपछि बैठक बुधबार १ बजेसम्मका लागि स्थगन गरिएको छ ।

संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचनामार्फत् मंगलबार १५ मिनेटपछि बस्ने गरी स्थगित बैठक विशेषकारणवश बस्न नसक्ने भएकाले अर्को मिति तय भएको जानकारी दिए ।

त्यसअघि, संघीय संसद भवन नयाँबानेश्वरमा सत्तारुढ नेकपा, नेपाली कांग्रेसलगायत दलका प्रमुख सचेतकसँग सभामुख महराले छलफल गरेका थिए ।

छलफलमा कुनै सहमति नभएपछि बैठक स्थगन भएको हो ।

प्रमुख प्रतिपक्षी, राजपालगायतले सर्लाहीका बालक अनुप रायको पोखरीमा परेर डुबेको घटना र सो घटनालाई लिएर न्याय माग्न गएका स्थानीयवासीमाथि प्रहरीले गोली चलाएको तथा कुमार पौडेलको मुठभेटमा निधनलगायत विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो घटनाकाबारेमा सदनलाई जानकारी दिएका थिए ।

गृहमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै कांग्रेस र राजपाका सांसदले नाराबाजी गरेका कारण बैठक स्थगन भएको थियो । रासस