
काठमाडौं, असोज २१ । सरकारले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्ताव गरेका राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुविरुद्ध १० दिने उजुरी आह्वान गरेको छ ।
बुधबार बसेको समिति बैठकले बिहीबार (भोलि)बाट लागू हुनेगरी अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि प्रस्तावित राजदूत डा. निर्मलकुमार विश्वकर्माविरुद्ध उजुरी आह्वान गरेको हो ।
खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोस्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि गैरआवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।
यस्तै, पूर्वमुख्यसचिव रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्यान्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो ।
त्यस्तै डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सुवाना, केन्या, कंगो, तान्जानिया, जाम्भिया र जिम्बाब्वेका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्