Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


सरकार राष्ट्रवादको खोल ओढेर विदेशी प्रभुलाई मात्र खुशी पार्दैछः नेता भट्टराई


0
Shares

काठमाडौं । भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निर्णय सरकारले फिर्ता लिएको विरोधमा नेवि संघ, त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले मंगलबार प्रदर्शन गरेका छन् ।

घन्टाघर अगाडी गरिएको प्रदर्शनपछि भएको कोणसभामा नेवि संघ नेता दिपक भट्टराईले राष्ट्रवादको खोल ओढेर विदेशी प्रभुलाई खुशी पार्न जनताको स्वास्थ्यमाथि सरकारले गम्भीर खेडवाड गरेको आरोप लगाए ।

सरकार जनताको पक्षमा नरहेको तर विदेशीलाई खुशी पारेर आफ्नो आयू मात्र लम्बाउन खोजेको बताउँदै उनले काठमाडौंको प्रदुषणमा माक्स लगाएर हिंडदा सरकारको विरोधी ठान्नु हाँस्यास्पद रहेको बताए ।

कोणसभामा नेवि संघ नेतृ कल्पना खड्का साथै अन्य विद्यार्थी नेताहरु पशुपति भट्टराई, सुन्दर वडाल, लोकेन्द्र पहाडी, किशोर गुरुङ लगायतले मन्तब्य राखे ।