 
	    काठमाडौं । स्पेनिस टेनिस खेलाडी रफाईल नदाल फ्रेन्च ओपन टेनिसको सेमिफाईनलमा प्रवेश गरेका छन् ।
फ्रान्समा जारी क्ले कोर्टमा खेलिने वर्षको एकमात्र ग्रान्डस्लाम टेनिसमा नदाललाई उपाधिका मुख्य दावेदार मानिएको छ ।
१५ पटक फ्रेन्च ओपनमा सहभागिता जनाएका नदालले १२ पटक उपाधि जितिसकेका छन् ।
यसपटक करियरको २० औं ग्राण्डस्लाम जितेर रोजर फेडेररको किर्तीमान बराबरी गर्ने अभियानमा रहेका नदालले क्वाटरफाईनलमा इटालीका जेनिक सिनरलाई ७–६, ६–४ र ६–१ को सेटमा हराए ।
नदालले अब फाइनल प्रवेशका लागि अर्जेन्टिनाका डिएगो स्वार्ट्जमनसँग प्रतिस्पर्धा गर्ने छन् ।
यु.एस ओपन विजेता डोमिनिक थिएमलाई पराजित गरेर डिएगो सेमिफाईनलमा पुगेका हुन् । एजेन्सी


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्