Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


सर्लाहीमा पीसीआर परिक्षण स्थगित


0
Shares

सर्लाही, असोज २० । सर्लाहीमा कोरोना परीक्षण स्थगित गरीएको छ ।

पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गर्न छाडिएपछि केही सातादेखि कोरोना भाइरसका नयाँ संक्रमित पनि देखिएका छैनन् निषेधाज्ञा खुलेसँगै कोरोना परीक्षणको दायरा घटेको स्वास्थ्य कार्यालय मलंगवा सर्लाहीका कोभिड–१९, फोकल पर्सन सुशील कुमार झाले बताउनुभयो ।

पिसिआर परिक्षणका लागि स्थानीय तहले कुनै चासो नदिँदा समस्या बढ्दै गएको हो ।

परीक्षण नै नहुँदा जनमानसमा अब कोरोना भाईरसको संक्रमण नै छैन् भन्ने मनोबल बढ्दै गएको छ ।

चिकित्सकहरुले भने परीक्षण नहुँदा संक्रमणको अवस्था शुन्य जस्तो देखिए पनि कार्यालय, हाटबजार र सवारी साधनमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले सर्लाहीमा अहिलेसम्म १४ हजार १ सय ८९ जनाको पीसीआर विधीबाट कोरोना परीक्षण गरेको जनाएको छ ।

त्यसमध्ये दुई हजार ६२ जनालाई कोरोना संक्रमण भएको थियो ।