
काठमाडौं, असार २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा चिकित्सकहरुमाथि असुरक्षाका घटनाहरु बढ्दै गएको भन्दै सोमबार गृहमन्त्री तथा सुरक्षा निकायका जिम्मेवार अधिकारीहरुको सहभागितामा छलफल गरेको छ ।
चिकित्सकमाथि हुने दुर्व्यवहारका घटना न्यून गर्ने विषयमा छलफल गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले चिकित्सकले राम्रोसँग उपचार गर्दा–गर्दै पनि उनीहरुमाथि दुर्व्यवहारका घटना बढेकोले विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल चलाएको बताए ।
उनले चिकित्सकको लापरबाहीका कारण नै बिरामीको मृत्यु भएको छानबिनकाक्रममा पाइए स्वास्थ्य मन्त्रालयले कानुनबमोजिम कारबाही गर्ने तर स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार र असुरक्षाका घटना अन्त्य गराउनुपर्ने बताए ।
छलफलमा स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिहरुले उपचारकाक्रममा आफूहरुले भोग्नुपरेका दुर्व्यवहारका घटना सुनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्