प्रधानमन्त्री ओली नेतृत्वको नेकपा सत्ता के सत्याग्रही गोविन्द केसीको प्राण लिन चाहन्छ ? • Image Khabar Image Khabar


प्रधानमन्त्री ओली नेतृत्वको नेकपा सत्ता के सत्याग्रही गोविन्द केसीको प्राण लिन चाहन्छ ?


Imagekhabar
१९ आश्विन २०७७, सोमबार २१:५१

rajan article dr kc strike and pm oli should give answer

राजन कुईंकेल ।

प्रधानमन्त्री केपी ओली आफूलाई कम्युनिष्ट, समाजवादी, दुःखी–गरी जनताको त्राणहर्ता, विकासवादी, भ्रष्टाचारविरुद्धका मसीहा, प्रजातन्त्र र नागरिक स्वतन्त्रताका हिमायती हूँ भनेर पटक पटक भन्छन् । उनी कति कम्युनिष्ट छन्, उनका आनीबानी कति समाजवादी छ, कतिसम्म गरीब दीनदुःखीका पक्षमा उभिन्छन्, कतिसम्म सदाचारी छन्, शासन व्यवस्था कतिसम्म पारदर्शी चलाउँछन्, नागरिक स्वतन्त्रता र प्रजातन्त्र देखाउने दाँत हो वा असलियत यो सबै इतिहासले कुनै दिन मूल्यांकन गर्ला । यसबारेमा कुनै अर्को सन्दर्भमा पनि केलाउन सकिन्छ । केलाउँला ।

Dr gobinda kc hunger strike

तर बेइमान सत्ता सँधै नागरिक झुक्याएर शक्ति हत्याउँछ । बिचौलिया, दलाल, तस्कर, माफिया, ठेकेदार, भ्रष्ट कर्मचारीको वरिपरी घुमेर उनै केसीसँग गरेका सम्झौताका पुलिन्दालाई रछ्यानमा फाल्ने दुस्साहस गर्न थाल्छ । डा. केसी पनि उत्तिकै ज्याद्रो छन् । सरकार जति झुक्याउन उद्यत छ, उनी त्योभन्दा कठोर । निहत्था नागरिकको घाँटी रेटेर, घरजग्गा कब्जा गरेर, सम्पत्ति लूटेर, अपहरण र वेपत्ता बनाएर, गरीबी र दुःखलाई क्रान्तिकारी नारामा भजाएर शक्तिमा पुगेकाहरुसँग लड्न डा. केसीसँगका अस्त्र हुन्, सत्य, विवेक, इमान र नैतिक मूल्य । अर्थात् अरुलाई दुःख दिएर, सताएर, हत्या गरेर, लूटेर सत्ता र शक्ति आर्जन गरेका दूष्टहरुसँग लड्न डा. केसीेले आफैलाई यातना दिन्छन्, कठोर दुःखको भुँग्रोमा हाल्छन् । अनि आफ्नै प्राण दाउमा राखेर दुनीञाको हितका लागि सत्याग्रहमा होमिन्छन् ।

तर आज उठाउन खोजेको विषयचाहिँ उनले हूँकार दिने गरेको सदाचार र भ्रष्टाचारमुक्त शासन व्यवस्था र उनका कार्यशैली, नीति र व्यवहार हो । प्रधानमन्त्रीका रुपमा ओली कति मानवीय देखिए भन्ने अर्को प्रसंग हो । जोड्न खोजेको सन्दर्भचाहिँ डाक्टर गोविन्द केसीको सत्याग्रह हो ।

डाक्टर गोविन्द केसी आफ्नो जीवनको १९ औं सत्याग्रहमा छन् । आम जनताले सर्वसुलभ चिकित्सा सेवा र शिक्षा पाउनु पर्दछ भन्ने उनको एक मात्रै माग र मिशन छ । पटक पटक निर्लज्ज सत्तासँग जीवन दाउमा राखेर उनले नागरिकको हितका लागि चिकित्सा शिक्षा क्षेत्रमा निकै गुणकारी परिवर्तन ल्याएका छन् । यो मूलतः डाक्टर केसीको पागलपनले दिएको फल हो । जुन फल टिपेर आज देशभरका मानिसहरु खाइरहेका छन् । जो फल खाइरहेका छन्, ती स्वयं पनि डा. केसीप्रति कृतज्ञ देखिएनन् । कृतघ्न त्यो जमातसँग पनि उत्तिकै घृणा र रोष छ । तर मूल रुपमा प्रश्न सोध्ने त फेरि राज्यसत्तासँगै हो ।

एउटा फकीर वरिष्ठ चिकित्सक करिब करिब मृत्युशैयामा पुगेको छ । जो देश र जनताको सेवामा मल्हमपट्टी लगाउँदा लगाउँदै सरकारी सेवाबाटै निवृत्त भएको हो । सरकारी सेवामा रहेकै बेला गरेका दर्जनौं आमरण अनशनको प्रतिफल मुलुकको चिकित्सा शिक्षा क्षेत्रमा अनेकन परिवर्तन आएको छ । त्यही निर्मम र निर्लज्ज सत्ता जो पटक पटक डा. केसीलाई मृत्युशैयामा पुर्‍याएर, गलाएर सम्झौता गर्दथ्यो । डा. केसीले उठाएका मागमा सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने ढँटुवा सत्तासँग उनले फेरि उही कठोर बाटो समात्नु पर्दथ्यो । यसरी यो लहरो तानिएको वर्षौ भइसक्यो । १९ औं सत्याग्रहसम्म आइपुग्दा डा. केसीले त्यही माग उठाइरहेका छन्, जुन पहिलो पटकदेखि सत्ताले बारम्बार सम्झौता गर्दै आएको छ ।

तर बेइमान सत्ता सँधै नागरिक झुक्याएर शक्ति हत्याउँछ । बिचौलिया, दलाल, तस्कर, माफिया, ठेकेदार, भ्रष्ट कर्मचारीको वरिपरी घुमेर उनै केसीसँग गरेका सम्झौताका पुलिन्दालाई रछ्यानमा फाल्ने दुस्साहस गर्न थाल्छ । डा. केसी पनि उत्तिकै ज्याद्रो छन् । सरकार जति झुक्याउन उद्यत छ, उनी त्योभन्दा कठोर । निहत्था नागरिकको घाँटी रेटेर, घरजग्गा कब्जा गरेर, सम्पत्ति लूटेर, अपहरण र वेपत्ता बनाएर, गरीबी र दुःखलाई क्रान्तिकारी नारामा भजाएर शक्तिमा पुगेकाहरुसँग लड्न डा. केसीसँगका अस्त्र हुन्, सत्य, विवेक, इमान र नैतिक मूल्य । अर्थात् अरुलाई दुःख दिएर, सताएर, हत्या गरेर, लूटेर सत्ता र शक्ति आर्जन गरेका दूष्टहरुसँग लड्न डा. केसीेले आफैलाई यातना दिन्छन्, कठोर दुःखको भुँग्रोमा हाल्छन् । अनि आफ्नै प्राण दाउमा राखेर दुनीञाको हितका लागि सत्याग्रहमा होमिन्छन् ।

सिंहदरबारको सत्ता बालुवाटारको चौघेरोबाट चलाइरहेका प्रधानमन्त्री ओलीलाई किञ्चित पनि लज्जा छैन । सत्ताको सयलमा रहेर न्यायिक दृष्टि गुमाइसकेका उनी, देशको सेवा गर्दागर्दै बाँकी रहेको एक मुठी प्राणवायु निचोरिन लागेका डा. केसीबारे किन मौन छन् ? के उनको कर्तव्य छैन, देश र जनतालाई जवाफ दिने ? डा. केसीका कुन कुन माग नाजायज हुन्, कुन माग पूरा गर्न नसकिने हो ? सकिन्न भने सकिँदैनसम्म पनि भन्ने हिम्मत जुटाउन उनी किन सकिरहेका छैनन् ?, किन सुतुरमुर्गले टाउको लुकाएझै लुकाएर बसिरहेका छन् ?

डा. केसीसँग सबैजसो सरकारले सम्झौता गर्‍यो र बेइमानी पनि उही रीतले गरियो । कांग्रेस एमाले, माआवादी नेतृत्वका सरकार हुन् वा ती समयमा रहेका अनेकन पार्टीका स्वास्थ्य/शिक्षा मन्त्री सबैबाट केसीले धोखाधडी मात्रै पाइरहेका छन् । ओली आफै प्रधानमन्त्री भएका बेला गरिएका सम्झौता कतिपटक तोडमरोड गरिए ? त्यसको पछाडीको कारण के थियो ? बालुवाटारमै बोलाएर डा. केसीलाई फुर्क्याई फुर्क्याई सम्झौता गर्दा बोलेका कुरा के दुनीञाले बिर्सिसके भन्ने ठानेको ?

हिजो त्यसरी मानिस उचाल्न सक्नेले आफैले हस्ताक्षर गरेको सम्झौता कार्यान्वयन गराउन फेरि कुन तत्वले छेक्यो ? सरकारी स्वास्थ्य प्रणाली बलियो बनाउनुपर्छ । देशको सबै कुनामा चिकित्सा शिक्षा र स्वास्थ्यको पहुँच पुर्‍याउनु पर्दछ भन्ने डा. केसीको अभियान कत्तिको देव वाक्य रहेछ भन्ने त कोभिड–१९ले सृजना गरेको संकटले देखाएन र ? अझ पनि यो हठ किन ? के का लागि ?

आफूलाई समाजवादी सत्ताका मतियार दावा गर्ने प्रधानमन्त्री ओलीले उठाउनुपर्ने माग डा. केसीले बोकिरहेका छन् ? अनि उनले भनेको कुरा पूरा गर्दा कुनचाहिँ बिचौलियाको मन मर्ने भयो ? कुनचाहिँ ठेकेदारको स्वार्थमा ठेस लाग्ने भयो ? कुनचाहिँ भ्रष्ट कर्मचारीको मिशनमा मेल खाएन ? कुन तस्कर र माफियाको मिलेमतोमा गरिएका साँठगाँठहरु तोडिने भए ? होइन भने के प्रधानमन्त्री ओली नेतृत्वको नेकपा सरकार गोविन्द केसीलाई मार्न नै चाहन्छ ? के डा. केसीलाई पनि अर्का सत्याग्रही नन्दप्रसाद अधिकारीकै नियती भोगाउन बाध्य पार्न खोज्दैछ, समाजवादी सत्ता ? जवाफ चाहियो प्रधानमन्त्री ओलीज्यू, त्यो पनि बन्द कोठाबाट एकोहोरो पुराण पाठ गरे जस्तो होइन, जनतासँग आमने सामने सवाल जवाफ गरेर ।

प्रतिक्रिया दिनुहोस्