 
	    काठमाडौं, असोज १९ । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
आइतबार प्रतितोला रु. ९४ हजार ५०० मा कारोबार भएको छापावाला सुन सोमबार प्रतितोला रु. ९४ हजार १०० मा कारोबार भएको छ ।
आइतबारको तुलनामा छापावाला सुन रु. ४०० ले घटेको हो ।
यस्तै तेजाबी सुन आइतबारको तुलनामा रु. ४०० ले ओरालो लागेको छ ।
आइतबार प्रतितोला रु. ९४ हजारमा कारोबार भएको तेजाबी सुन सोमबार भने प्रतितोला रु. ९३ हजार ६०० मा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।
आइतबार प्रतितोला रु. एक हजार रु. एक हजार १८० मा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा नै कारोबार भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्