प्रदेश राजधानी प्रस्तावको विरोधमा बहादुरगन्जमा प्रदर्शन • Image Khabar Image Khabar


प्रदेश राजधानी प्रस्तावको विरोधमा बहादुरगन्जमा प्रदर्शन


मनिष गुप्ता (इमेज)
१७ आश्विन २०७७, शनिबार २१:२९

प्रदेश राजधानी प्रस्तावको विरोधमा बहादुरगन्जमा प्रदर्शन

कपिलवस्तु, असोज १७ । प्रदेश नम्बर-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव गरेलगत्तै बहादुरगन्जमा विरोध प्रदर्शन सुरु भएको छ ।

शनिबार कपिलवस्तुका ठाउँ-ठाउँमा उक्त निर्णयको विरोधमा प्रदर्शन गरिएको छ ।

प्रदेश-५ को राजधानी भालुवाङमा रहनेगरी शुक्रबार प्रदेशसभामा प्रस्ताव गरिएलगत्तै प्रदर्शनहरु भएका हुन् । सडकमा टायरसमेत बालेर विरोध गरिएको छ ।

कपिलवस्तुका प्रदर्शनकारीहरुले प्रदेश-५ को राजधानी कपिलवस्तुलाई नै बनाउनुपर्ने माग गरेका छन् । त्यसो नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

  • प्रदेश राजधानी प्रस्तावको विरोधमा बहादुरगन्जमा प्रदर्शन
  • प्रदेश राजधानी प्रस्तावको विरोधमा बहादुरगन्जमा प्रदर्शन

प्रतिक्रिया दिनुहोस्