प्रदेश राजधानीबारे नेकपाको 'ह्वीप', नेकपाकै प्रदेश सांसद असन्तुष्ट • Image Khabar Image Khabar


प्रदेश राजधानीबारे नेकपाको ‘ह्वीप’, नेकपाकै प्रदेश सांसद असन्तुष्ट


इमेजखबर
१७ आश्विन २०७७, शनिबार १९:४१

प्रदेश राजधानीबारे नेकपाको 'ह्वीप', नेकपाकै प्रदेश सांसद असन्तुष्ट

बुटवल, असोज १७ । प्रदेश नम्बर-५ को स्थायी राजधानी र नामबारे सदनमा पेस गरेको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ‘ह्वीप’ लगाउने निर्णय गरेको छ ।

शनिबार बसेको सत्तारुढ नेकपा प्रदेश संसदीय दलको बैठकले प्रस्ताव पास गराउनका लागि ह्वीप लगाउने निर्णय गरेको नेकपा सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभएको छ ।

उहाँले पार्टीका आधिकारिक निर्णय भएकाले सबैले प्रस्तावको पक्षमा मत दिने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश सरकारको निर्णयप्रति रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, कपिलवस्तुका विष्णु पन्थीलगायत १४ जना प्रदेश सांसदले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्