१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर र आईसियू जडान


0
Shares

-प्रकाश मैनाली/ईमेज

सर्लाही । सर्लाहीको नवलपुर सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर र आईसियू जडान भएपछि सेवाग्राहीलाई सहज हुने भएको छ ।

गम्भीर अवस्थाका बिरामीलाई पनि उपचारको व्यवस्था मिलाउने उद्देश्यले सुविधा थप गरिए पनि दक्ष जनशक्तिको अभावमा भने प्रभावकारिता देखिएको छैन ।

गर्मी र वर्षादको समयमा सर्पदंशका बिरामीको अत्याधिक चाप हुने सर्लाहीको उत्तरी भेगमा रहेको मात्रै नवलपुर सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर र आईसियू जडान गरिएको छ ।

लालबन्दी नगरपालिका–१, स्थित सर्पदंश उपचार केन्द्रमा लामो प्रयासपछि प्रदेश सरकारले उपलब्ध गराएको ३० लाख रुपिँयाबाट भेन्टिलेटर र आईसियू खरिद गरिएको हो ।

भेन्टिलेटर र आईसियू नहुँदा गम्भीर अवस्थामा ल्याइएका बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने र र कतिपयको बाटैमा मृत्यु हुने गरेको थियो अब भने यहीँ गम्भीर किसिमका बिरामीको पनि उपचार गर्न मिल्ने भएको छ ।

तर दक्ष जनशक्तिको अभावमा सञ्चालन गर्न समस्या भएको उपचार केन्द्रका अध्यक्ष बोधराज काप्mले बताउँछन् ।

बढ्दो गर्मीसँगै सर्पदंशाका बिरामीहरु बढ्दै गइरहेका छन् । उपचार केन्द्रसँग उपकरण सञ्चालन गर्ने दक्ष राख्ने पहल भइरहेको लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काको भनाइ छ ।

सर्लाहीमा उत्तरी भेगमा नवलपुर सर्पदंश उपचार केन्द्र, पश्चिमी भेगमा बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र र दक्षिणी भेगमा सदरमुकाम मलङ्गवास्थित जिल्ला अस्पतालमा सर्पदंश अर्थात सर्पले डसेका बिरामीको औषधोपचार हुँदै आएको छ ।

तर, यी तीनै स्थानमा दक्ष जनशक्ति र आवश्यक उपकरणको अभावमा प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेको छ । इमेज समाचारका लागि सर्लाहीबाट को रिपोर्ट ।