Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


‘समृद्धि हासिल गर्न सबै क्षेत्रसँग सहकार्य गर्नुपर्छ’


0
Shares

काठमाडौं, असार २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सरकार समृद्धिको बाटोमा अग्रसर भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘बुद्धवीर लामा नवौं गीतिमय साँझ’ कार्यक्रमलाई सम्बोधन गर्दै खनालले समृद्धि हासिल गर्नका लागि सरोकारवाला सबै क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए ।

कार्यक्रममा विभिन्न कलाकारहरुले गीतकार लामाद्वारा रचित गीतहरु गाएका थिए ।

कार्यक्रममा सांगीतिक तथा सामाजिक क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।