Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


प्राविधिक तयारी नपुगेकाले विषादी परीक्षण रोकियो : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असार २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तयारीपछि विदेशबाट आयात हुने र मुलुकभित्र उत्पादन हुने तरकारी तथा फलफूलमा रहेको विषादी परीक्षण गरिने बताएका छन् ।

नेकपा संसदीय दलको शनिबार नयाँबानेश्वरमा बसेको बैठकमा सांसदहरुले भारतबाट आयातित तरकारी तथा फलफूलमा रहेको विषादी परीक्षण  रोकिएकोबारे प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले प्राविधिक तयारी नपुगेकाले परीक्षण रोकिएको जवाफ दिएका हुन् ।

प्रधानमन्त्री ओलीले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रयाप्त तयारीबिना नै भारतबाट आयातित हुने तरकारी तथा फलफूल विषादी परीक्षण गर्ने निर्णय गरेको जिकिर गर्दै अब तयारीका साथ सरकार अघि बढ्ने दाबी गरे ।

भीम रावलको आपत्ति

भारतको दबाबपछि भारतबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकिएको विषयमा सत्तारुढ दल नेकपाका सांसद भीम रावलले आपत्ति जनाएका छन् ।

शनिबार नेकपा संसदीय दलको बैठकपछि सन्चारकर्मीहरुसित कुरा गर्दै सांसद रावलले सार्वभौम सरकारी अधिकार प्रयोग गर्न सरकार चुकेको आरोप लगाए ।

उनले विश्व व्यापार संगठनमा गरिएको सम्झौताअनुसार कुनैपनि मुलुकले तरकारी तथा वनस्पति आयात गर्नेक्रममा निश्चित मापदन्ड तोक्न पाउने व्यवस्था गरेको स्मरण गरे । 

भारतको चर्को दबाबपछि सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न स्थगित गरेको सार्वजनिक भएको थियो ।