काठमाडौं, असार २१ । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले आइतबार (भोलि)देखि सुरु हुने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा हिन्दुराष्ट्रको एजेन्डाले प्रवेश पाउने दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले हिन्दुराष्ट्रको एजेन्डाले बैठकमा प्रवेश पाउने दाबी गरेका हुन् ।
अर्का युवानेता श्याम घिमिरेले भने कांग्रेस बैठकमा धार्मिक एजेन्डामाथि छलफल नहुने जिकिर गरे ।
कार्यक्रममा कांग्रेस नेता धनराज गुरुङले नेताहरुले बीपीको आदर्श र मार्गदर्शन भुल्दै पार्टीमा आन्तरिक मनमुटाव बढेको बताए ।
उनले पार्टीको नेतृत्व असमझदारीमा अल्झिनुभन्दा २०७७ सालभित्रै महाधिवेशन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।










प्रतिक्रिया दिनुहोस्