२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


५० हजार लिटर अवैध घरेलु मदिरा नस्ट


0
Shares

काठमाडौं, जेठ ३० । प्रहरीले राजधानीको निभिन्न स्थानबाट बरामद गरेको अवैध घरेलु मदिरा नस्ट गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार सन्चारकर्मीहरुको रोहवरमा ५० हजार लिटर अवैध मदिरा नस्ट गरेको हो ।

अवैध घरेलु मदिरा उत्पादन नियन्त्रण अभियानअन्तर्गत् पाँच दिनभित्र यति ठूलो परिमाणमा मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ । ती मदिरामा अखाद्य वस्तु मिसाएको दाबी प्रहरीको छ ।

घरेलु मदिरा सस्तो र जताततै सजिलै पाइने हुँदा यसको अधिक सेवनबाट झै–झगडादेखि मानिसको हत्यासम्म हुने गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले बताए ।

अखाद्य वस्तु मिसाएर गरिने यस्ता उत्पादन हुन नदिन कडा निगरानी गरिराख्ने उनको भनाइ छ ।