Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


दाहालले बाबुराम र नेत्रविक्रमलाई जे भने…


0
Shares

काठमाडौं, असार २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले डा. बाबुराम भट्टराईको बौद्धिकता र महत्व कम्युनिस्ट पार्टीमा रहेको भन्दै उनलाई नेकपामा फर्कन आग्रह गरेका छन् ।

‘बाबुरामजीको बौद्धिकता अन्त गएर कहीँ त्यसले सकारात्मक परिणाम दिएको देखिँदैन । उहाँ कम्युनिस्ट आन्दोलनसँग जोडिएरमात्रै उहाँको बौद्धिकताको अर्थ हुने हो । उहाँको पीएचडीको अर्थ त्यहीँ हुने हो–दाहालले भने–‘जतिबेला उहाँ कम्युनिस्ट पार्टीमै हुनुहुन्थ्यो, उहाँको धेरै ठूलो महत्व थियो । धेरै ठूलो भूमिका पनि थियो । तर, अहिले त्यस्तो स्थिति छैन । म उहाँलाई पनि र सबै कम्युनिस्टहरुलाई नेपालको इतिहासको यो अवसरमा एक ठाउँमा केन्द्रित हुनका लागि आ–आफ्नो ठाउँबाट पहल गर्न अपिल गर्न चाहन्छु ।’

अरुले बाटो बिरायो भनेर सोझ्याउन भन्दै नेत्रविक्रम चन्द आफैं असम्भव बाटोमा लागेको उनको भनाइ थियो ।

‘प्रचण्डले बाटो बिराएर कता–कता गयो, मचाहिँ सोझ्याउँछु भनेर विप्लवहरु नहुने र असम्भव बाटोतिर बल गर्नु भा’छ । नगर्नोस् बल’–उनले भने ।

पूर्वनयाँ शक्ति पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन शुक्रबार नेकपा मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले शान्ति–प्रक्रिया भाँड्न चलखेल भइरहेको पनि जिकिर गरे ।

उनले यो प्रयास घातक भएको बताउँदै शान्ति–प्रक्रिया भाँड्नकै लागि केही मानिसलाई युरोप घुमाइएको दाबी गरे ।

सो अवसरमा कल्पना धमला, देवेन्द्र पराजुली, गुणखर भुसाल, मनु हुमागाइँलगायतलाई नेकपामा प्रवेश गराइएको थियो ।

 भिडियो हेर्नुहोस्

Skip This