Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


बुधबार कृष्ण भगवानको व्रत बस्ने र मुंगको दाल दान गर्दा लाभ


0
Shares

काठमाडौं । ‘बुध’ ग्रहको लागि समर्पित बार बुधबार हो । यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार)को पूजा गरिन्छ।

पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नाले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

बुधबारका दिन गरिने शुभकर्मले जीवनभर राम्रो फल मिल्ने धार्मिक विश्वास छ ।

बुधबारका दिन के गर्ने ?

– बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
– जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।
– विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवीदेवताको कृपा हुने गर्छ।
– बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाइन्छ ।