२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


शक्तिशाली ब्याट्री भएको भिभो वाई ट्वान्टी नेपाली बजारमा


0
Shares

काठमाडौं । युवापुस्तालाई लक्षित गरी नयाँ स्मार्टफोन भिभो वाई ट्वान्टी नेपाली बजारमा उपलब्ध हुन थालेको छ ।

प्रारम्भमा अनलाइन सपिङ दराजमार्फत फोन ग्राहकले पाउने ब्यवस्था कम्पनीले मिलाएको छ ।

सेप्टेम्बर २५ बाट दराजमार्फत फोन किन्न पाइन्छ । बजारमा भने २ अक्टोबरबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पावर सेभिङ प्रविधि प्रयोग गरिएको यसमा ५ हजार एमएएचको ब्याट्री राखिएकोछ । । यसले रिभर्स चार्जिङलाई समेत सपोर्ट गर्छ ।

भिभो वाई ट्वान्टीमा ३ जीबी र्‍याम तथा ६४ जीबी इन्टरनल स्टोरेज रहेको छ । यसको इन्टरनल स्टोरेजलाई २५६ जीबीसम्म बढाउन सकिन्छ ।

फोनमा ट्रिपल रियर क्यामेरा उपलब्ध छन् । जसमा १३ मेगापिक्सेल प्राइमरी लेन्स, २ मेगापिक्सेल डेप्थ सेन्सर र २ मेगापिक्सेल म्याक्रो क्यामेरा छन् । त्यस्तै फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

फोन ओबसिडियन ब्ल्याक् र नेबुला ब्लु रङ्गमा उपलब्ध छ । मूल्य २० हजार ९९० रुपैयाँमा तोकिएको छ ।

लामो टिकाउ ब्याट्रि र प्रयोगकर्ताको आँखाको सुरक्षालाई ध्यानमा राख्दै फोन तयार गरिएको कम्पनीको दाबी छ ।